आकर्षक तलवका साथ कतारले माग्यो १ सय १६  जना नेपाली कामदार, कती छ तलव ?

मंगलबार, ०६ माघ २०७७, १५ : ५१

काठमाडौँ । कतारको  एक कम्पनीले १ सय १६  जना नेपाली कामदारको माग गरेको छ । कतार स्थित मोवाएड एअर कन्डिस्निङ् कम्पनीले  बिभिन्न पदमा १ सय १६ पुरुष कामदारको माग गरेको हो । 
 कम्पनीले  ४० जना पल्बर, ६१ जना लेबर÷हेल्पर र १५ जना ड्राइभरको माग गरेको छ ।

जसमा कम्पनीले खान बस्न सहित क्रमसः ४८ हजार २ सय ८५, ३२ हजार १ सय ९०, ६१ हजार १ सय ६० तलब तोकेको छ । कम्पनीमा हप्तामा ६ दिन र दिनमा ८ घण्टा काम गर्नु पर्ने छ भने करार अबधी २ बर्षको रहेको छ । अन्तरबार्ता यहीँ माघ १३ गते मार्भल्स इम्प्लोएमेन्ट प्रा.लि को कार्यालय शान्तिनगर काठमाडौँमा हुनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमा रकम कामदार आफैले बेहोर्नु पर्नेछ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

मंगलबार, ०६ माघ २०७७, १५ : ५१

प्रतिक्रिया