पाँच दिनमै सय करोड क्लबमा प्रवेश गरेको विजयको ‘मास्टर’ ले कती कमायो ?

मंगलबार, ०६ माघ २०७७, १६ : १९

साउथ ईन्डियन स्टारर थलापति विजयको फिल्म ‘मास्टर’ सय करोड कल्बमा प्रवेश गरेको छ । प्रर्दशनको पहिलो दिनमै  बक्स अफिसमा आक्रमक व्यापार गरेको एक्सन थ्रीलर फिल्म ‘मास्टर ले प्रदर्शनको पहिलो हप्तामै १ सय २५ करोड व्यापार गर्दै करोड कल्बमा प्रवेश गरेको हो ।

यस्तै  उत्साहजनक व्यापार गरेको मास्टर कोरोना महामारीपछि सय करोड कमाउने पहिलो फिल्म बन्न सफल भएको छ। फिल्मफेयरका अनुसार, ३८ सय पर्दामा रिलिज भएको तमिल फिल्म ‘मास्टर’ पाँच दिनमै सय करोड क्लबमा परेको हो। 

फिल्मले तमिलनाडुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको हो। यसबाहेक फिल्मले कर्नाटक, केरलालगायत भारतका अन्य राज्यबाट फिल्मले पहिलो हप्तामै गरेको कमाइ १ सय २५ करोड नाघिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

लोकेश कनागराजको निर्देशनमा बनेको फिल्ममा थालापती विजय र विजय सेतुपतिको मुख्य अभिनय रहेको छ ।
 

मंगलबार, ०६ माघ २०७७, १६ : १९

प्रतिक्रिया