पहिलो पटक एकसाथ देखिदैँ प्रभास र कैटरीना !

बुधबार, ०७ माघ २०७७, ११ : ०३

पहिलो पटक  ‘बाहुबली’ स्टारर प्रभास र  कैटरीना कैफ एकैसाथ देखीने भएका छन् ।  प्रभासकोे  नयाँ फिल्म ‘सलार’ मा कैटरीना कैफ अनुमोदीत भएकी  हुन् ।यद्यपि निमार्ण टीमले भने  हालसम्म यो विषयमा कुनै घोषणा गरेका छैनन् । प्रभासका अलवा क–कस्को अभिनय रहेको छ भन्ने विषयमा कुनै जानकारी आएको छैन ।  

सन् २००५ मा नन्दमुरी बालकृष्ण स्टारर फिल्म ‘अल्लारी पिद्दुगु’ पछि कटरीना कुनै पनि टलिउड फिल्ममा देखिएकी छैनन् ।केही दिन अगाडी प्रभास र केजीएफ स्टारर यश एकैसाथ सलारको शुभ मुहुर्तमा देखीएका थीए ।    भारतीय संन्चार माध्यमका अनुसार सलारको सुटिङ हैदाराबादमा  सुरू भइसकेको छ ।

प्रशान्त निलले निर्देशन गर्ने  ‘सलार’ लाई  विजय किरागन्दुरले लगानी  गर्नेछन् । फिल्म हम्बल फिल्मसको ब्यानरमा निर्माण हुने छ । फिल्म तेलुगु, तामिल, कन्नड, मल्यालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुनेछ ।

बुधबार, ०७ माघ २०७७, ११ : ०३

प्रतिक्रिया