काठमाडौं। फिल्म ‘छ माया छपक्कै ’ पाइरेसी भएपछि युटुवमा सार्वजनिक गरिएको छ। गए राति आमा अग्नी कुमारी मिडियाको यूट्युब च्यानलमार्फत यो फिल्म सार्वजनक गरिएको हो ।
दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा बनेको फिल्ममा रोहित अधिकारी निर्माता रहेका छन्।
फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाल आदि कालकारहरुले अभिनय गरेका छन् ।
फिल्म ‘छ माया छपक्कै’ गत वर्षको असोज २४ गतेदेखि सिनेमा हलमा प्रदर्शन भएको थियो ।
फिल्ममा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।
विपिन मल्लको सम्पादन रहेको फिल्ममा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।
प्रतिक्रिया