एक फिल्म खेलेको कति परिश्रमिक लिन्छन आमिर खान ?

विहीबार, ०८ माघ २०७७, १२ : २०

काठमाडौं-  बलिउडमा लाखौं विश्व चर्चित कालकार रहेका छन् । ती मध्ये केहीले मात्र आफ्नो ब्राण्ड स्थापित गर्न सफल भएका छन् । उनीहरुले बर्षौदेखि बलिउडमा राज गरिरहेका छन् । भनिन्छ बलिउडमा स्थान बनाउँन धेरै मेहनत गर्नुपर्छ । तर, मेहनतले मात्र पनि हुँदैन भाग्यले पनि साथ दिनुपर्छ । पछिल्लो समय बलिउड इन्डष्ट्रिजका लाखौं कालकार हलिउडमा जाने क्रम पनि उत्तिकै रहेको छ । 

आमिर खान पछिल्लो समय बलिउडमा एकदमै रुचाईएका आभिनेता हुन । आमिर खान, एक बहुमुखी अभिनेता, पूर्णतावादी पनि भनेर चिनिन्छ । दर्शकहरु हरसमय उनको फिल्म हेर्न आतुर रहने गरेको छन् ।  अब बलिउडका रुचाइएका अभिनेता भएको हुनाले पनि एउटा फिल्मको आमिरले कति लिन्छन भन्ने कुरा पक्कै पनि दर्शकहरुका  लागि चाँसोको विषय हो । 

आमिर खानले हालको पछिल्लो जानकारी अनुसार एक फिल्म गर्दा ७४ करोड रुपैंया भारतीय रकम बुझ्ने गरेका छन् । 

हालको उनको इस्ट्राग्राममा ३० लाख ५० हजार फ्लोवरस् रहेका छन् । 

उनका आगामी फिल्महरूमा लाल सिंह चड्ढा आउदै छ । यो चलचित्र सन् २०२१ को क्रिसमसमा रिलिज हुने भएको छ ।

चलचित्रमा नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका छ । अद्भित चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिएका छन् । आमिर खान, किरण रावको लगानीमा बनिरहेको यो चलचित्रलाई भारतको विभिन्न स्थानमा खिचिनेछ ।

विहीबार, ०८ माघ २०७७, १२ : २०

प्रतिक्रिया