काठमाडौं- शाहरुख खान बलिउड इन्डष्ट्रिजका एक शीर्ष अभिनेतामध्येका एक चर्चित अभिनेता हुन् । शाहरुखलाई इन्डष्ट्रिजका किङ खान पनि भन्ने गरिन्छ ।
शाहरुखले बलिउड इन्डष्ट्रिजमा २५ वर्षभन्दा बढीदेखि राज गदै आइरहेका छन् । अहिले पनिको बलिउडमा खानको डिमान्ड उत्तिकै रहेको छ । उनको कार्यकालमा धेरै कालकार आउने क्रम रहेपनि खानले चाँही आफ्नो ब्राण्ड स्थापित गर्न सफल भएका छन् । हालसम्म उनले १ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनका कुल आम्दानी कराडौं रुपैंया रहेको छ ।
भारतीय सञ्चार माध्यमअनुसार शारुख खानको २०२१ सम्मको कुल आम्दानी ५१ अर्ब ३१ रहेको छ । उनी बिश्वको धनी व्यक्तिमध्येका एक हुन् । खानको वार्षिक आम्दानी हेर्दा उनले वर्षमा ३ अर्ब रुपैंया भारतीय रकम कमाउने गर्दछन् ।
शाहरुखले एक फिल्ममा काम गरेको परिश्रमिक ८८ करोड भारतीय रकम लिने गरेका छन् । उनको कुल आम्दानी हरेक वर्ष ८ प्रतिशतले वृद्धि भइरहेको छ । गत वर्ष मात्र उनले ६०० मिलियन डलर आम्दानी गरेका थिए ।
प्रतिक्रिया