साईप्रसले माग्यो २० महिला कामदार, कती छ तलब ?

विहीबार, ०८ माघ २०७७, १४ : ०३

काठमाडौँ । साईप्रसको एक कम्पनीले भारी संख्यामा नेपाली महिला कामदारको माग गरेको छ । साईप्रसको सी. एन्ड सी प्राइभेट इम्प्लोइमेन्ट एजेन्सीले डोमेस्टिक वर्कर पदका लागी २० नेपाली महिला कामदारको माग गरेको हो । 

कामदारले खान बस्न सहित ४४ हजार ८ सय २० तलब पाउने छन् भने कम्पनीको नियम अनुसार ओभर टाईम र बार्षिक बिदा पाउने छन् । कम्पनीमा हप्तामा ६ दिन र दैनीक ८ घण्टा काम गर्न पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

कामदारको करार अवधि २ बर्षको रहेको छ । अनतर्वाता यहीँ माघ १४,१५,१६,१७ र १८ गते कालीञ्चोक एच. आर. मेनपावरको कार्यालय टोखा १० सामाखुसीमा हुनेछ । 

विहीबार, ०८ माघ २०७७, १४ : ०३

प्रतिक्रिया