काठमाडौँ । जापानमा आकर्षक तलबका साथ एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।टोकीयोको एसिया क्रिएसन कर्पोरेसन कम्पनीले दुई पदका लागी ५ नेपाली पुरुष कामदारको माग गरेको हो ।
कम्पनीले पेन्टरका लागी २ र स्काफ्फोल्डर पदका लागी ३ जना जापानीज भाषा स्पष्टसँग बोल्न, लेख्न र पढ्न सक्ने नेपाली कामदार माग गरेको छ । कम्पनीले बस्ने सुविधा सहित माषिक क्रमसः १ लाख ९७ हजार ९ सय ३० र २ लाख १८ हजार ६ सय ७५ नेपाली रुपैँया तलब तोकेको छ ।कामदारले हप्तामा ५ दिन, दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
इच्छुक १९ बर्ष पुरा भई २८ बर्ष ननाघेका नेपाली नागरीकले मञ्जुश्री ओभरसिजको कार्यालय बालुवाटारमा सम्पर्क गर्न सक्नुहुनेछ । अन्तरर्वार्ता मेनपावरको कार्यालयमा यही माघ १५ गते हुनेछ । कामदारको करार अवधि ३ बर्षको रहेको छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया