काठमाडौँ । निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’को छायाँकन सुरु गरेका छन् । हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका चर्चित हाँस्य कलाकारहरुलाई लिएर केही दिन अघिदेखि काठमाडौका बिभिन्न स्थानमा फिल्मको छायाँकन भैरहेको छ ।
आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको ‘चुरीफु्री’ मा रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ९काकु०, सुबोध गौतम ९एदुमे०, पवन खतिवडा ९म्याकुरी०, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारको अभिनय रहनेछ ।
आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा हुन् ।
मनोरञ्जनको नौलो प्याकेजका रुपमा ‘चुरीफुरी’ निर्माण थालेको निर्देशक आचार्यले बताए । राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको छ ।
प्रतिक्रिया