बहराइनले माग्यो २०० नेपाली कामदार, कति छ तलव ?

३ बर्ष अगाडि

काठमाडौँ । बहराइनको एक कम्पनीले ठुलो मात्रामा नेपाली कामदारको माग गरेको छ । बहराइनको ड्रीम प्रपर्टी डेव्लवमेन्ट कम्पनीले दुई पदका लागी २०० जना  नेपाली पुरुष कामदारको माग गरेको हो ।  कम्पनीले सुपर भाइजर र मेन्टेन्स क्लिरिक कामका लागी कामदारको माग गरेको हो । 

कामदारले खान बस्न सहित क्रमस ९२ हजार ७ सय र ३० हजार ९ सय तलब पाउने छन् भने कम्पनीको नियम अनुसार ओभर टाईम र बार्षिक बिदा पाउने छन् । कम्पनीमा हप्तामा ६ दिन र दैनीक ८ घण्टा काम गर्न पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

अनतर्वार्ता यहीँ माघ १६ गते नाइस रिक्रुटिङ कम्पनी को कार्यालय सामाखुसीमा हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया