एजेन्सी- बलिउड फिल्म निर्माता महेश भट्ट होम प्रोडक्सन विशेष फिल्मबाट बाहिरिएका छन् ।
उनका भाई मुकेश भट्टले दाइ महेशले विशेष फिल्मको क्रिएटिभ कन्सल्टेन्ट पदबाट राजीनामा दिएको पुष्टि गरेका छन् ।
उनले दाजुभाईबीच भने कुनै पनि किसिमको झगडा नरहेको बताएका छन् । अब यो ब्यानर मुकेशका छोरी साक्षी र छोरा विशेषले चलाउेछन् ।
मुकेशले छोरी साक्षी र छोरा विशेषले कम्पनीको विरासत थाप्ने पनि खुलाएका छन् ।
विशेष फिल्मस्को व्यानरबाट बनेको पछिल्लो रिलिज फिल्म ‘सडक २’ थियो । जसको निर्देशक महेश भट्ट थिए । महेशले करिब २४ वर्ष पछि कम्पनीसँग सहकार्य गरेका थिए ।
उनले विशेष फिल्मस्को व्यानरबाट १९९६ मा ‘दस्तक’सहित कैयौं फिल्म निर्देशन गरेका थिए ।
प्रतिक्रिया