काठमाडौँ । यूएइको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ । यूएइको अर्ध सरकारी कम्पनीले १५१ जना नेपाली कामदारको माग गरेको हो ।
यूएइको हेमाया सेक्युरीटी सर्भिस कम्पनीले सेक्युरीटी गार्डका लागी १२६ जना पूरुष र २५ महिला नेपाली कामदारको माग गरेको छ ।
जस्को तलब खान बस्न सहित क्रमसः ६३ हजार ५ सय ८० नेपाली रकम तलब रहेको छ । कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता बिर्तामोडमा यही माघ १५ गते , सुनसरीमा माघ १५ गते, चितवनमा माघ १५ गते, कास्कीमा माघ १६ र स्टेरीज एच आर सर्भिसको कार्यालय सामाखुसीमा १७,१८,१९ गते हुनेछ । कामदारको करार अवधि २ बर्षको रहेको छ।
कामदारको हकमा कम्तीमा एसएलसी पास गरेको र अंग्रेजी भाषा शुद्ध लेख्न पढ्न बोल्न सक्ने २२ बर्ष देखी ४० बर्ष ननाघेका र कम्तिमा ५ फिट सात इन्च उचाई भएका नेपाली नागरिक हुनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया