युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा  ‘छ माया छपक्कै’

शनिबार, १० माघ २०७७, १६ : २३

नेपाली फिल्म ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको  छ । फिल्म युट्युबमा सार्वजनिक भएको ३ दिनमा ट्रेन्डिङको पहिलो नम्बरमा आएको हो । फिल्म पाइरेसी भएपछि युटुवमा सार्वजनिक गरिएको थियो ।

 गत वर्षको असोज २४ गतेदेखि सिनेमा हलमा प्रदर्शन भएको फिल्म ‘छ माया छपक्कै’ सर्वादिक सफल नेपाली चलचित्रको सुचीमा परेको थीयो ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा बनेको फिल्ममा रोहित अधिकारी निर्माता रहेका छन्। 

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाल आदि कालकारहरुले अभिनय गरेका छन् ।फिल्ममा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । 

शनिबार, १० माघ २०७७, १६ : २३

प्रतिक्रिया