मोडन यमराज बन्दै अजय देवगन, फ्लोरमा 'थ्याकं गड' !

शनिबार, १० माघ २०७७, १७ : ५९

बलिउड सुपरस्टार अजय देवगनको  थ्याकं गड को छायांकन शुरु भएको छ । मानिस र यमराज बीचको सम्बन्धको बिषयमा बन्ने फिल्ममा देवगन मोडन यमराजको लुकमा देखिनेछन्।

इन्द्र कुमारको निर्देशनमा बन्ने फिल्ममा दीपक मुकूटको निमार्ण रहने छ । कोरोनाका कारण रोकीएको शुटिङ शुक्रबार देखि सुरु भएको छ । 

पहिले फिल्मको सुटिङ् दिल्लीमा गर्ने भनिएको थियो। तर अहिले भने सुटिङको पुरै सेट मुम्बइ सारिएको छ। 

फिल्ममा अजय देवगनका साथमा सिद्धार्थ मल्होत्रा ​​र रकुल प्रीत सिंहलाई देख्न सकिने छ । अजयको  सिद्धार्थसँग यो पहिलो सहकार्य हो भने रकुल प्रीतको साथ तेस्रो फिल्म हो।

शनिबार, १० माघ २०७७, १७ : ५९

प्रतिक्रिया