काठमाडौं - वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ ।
नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।
यस्तै, वरुण र नाताशा बीचको सम्बन्धको कुरा गर्नुपर्दा यी दुईले निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेका छन् । यी दुई सहपाठी पनि हुन् । हालै करिना कपुरको च्याट शो ह्वाट वुमन वान्टमा वरुणले नताशासँग आफ्नो पहिलो भेटघाटबारे खुलासा गरेका थिए ।
वरुणको नताशासँग पहिलो भेट स्कूलको ६ कक्षामा भएको थियो । यी दुई थुप्रै वर्षसम्म साथी रहे । पछि उनीहरुले एक अर्कालाई डेट गर्न सुरु गरे ।
वरुण र नताशाले थुप्रै समयसम्म आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । यसको एउटा कारण यो हो कि नताशालाई लाइमलाइटमा आउन मन लाग्दैन । यी दुईलाई सँगै निकै कमै मात्रामा बाहिर देखियो ।
दुई वर्ष अघि वरुणले इन्स्टाग्राममा नताशाका लागि आफ्नो प्रेम र लगाव व्यक्त गरेका थिए । उनले नताशालाई जन्मदिनको शुभकामना दिँदै उनीसँगको फोटो सेयर गरेका थिए ।
उनीहरुको विवाहका लागि बुक गरेका भवन निकै आलिशान र महँगो रहेको छ । रिपोर्टका अनुसार एक रातको उक्त भवन बुकिङका लागि ४ लाख भारु पर्छ ।
प्रतिक्रिया