नेपालमा वैदेशिक सहायता ३०.९ प्रतिशतले बढ्यो, मंसिरसम्म ९४ अर्ब ६६ प्रतिवद्धता

३ बर्ष अगाडि

काठमाडौं - दातृ राष्ट्र तथा निकायले नेपालमा चालू आर्थिक वर्षको ५ महिनामा ९४ अर्ब ६६ करोड बराबरको लगानी सहायता गर्ने प्रतिवद्धताका जनाएका छन् । गत मंसिरसम्म नेपालमा ९४ अर्ब ६६ करोड बैदेशिक सहायता प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।
 
त्यसमध्ये ८२ दशमलव १ प्रतिशत ऋण र १७ दशमलव ९ प्रतिशत अनुदान रहेको छ । मन्त्रालयका अनुसार यो सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३० दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रु ७२ अर्ब २९ करोड मात्रै वैदेशिक सहयाता प्रतिवद्धता प्राप्त भएको थियो । 

कुल वैदेशिक सहायता प्रतिवद्धतामध्इे सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी छ । यो क्षेत्रमा कूल सहायताको ५७ प्रतिशत प्रतिवद्धा आएको अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै उर्जामा २९, शिक्षा र स्वास्थ्य तथा कोभिड क्षेत्रमा ५/५ प्रतिशत, कृषि, वन र वातावरण क्षेत्रमा ३ प्रतिशत र पुनर्निमार्णको क्षेत्रमा १ प्रतिशत प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

समिक्षा अवधिसम्म नेपालमा कुल २७ अर्ब २४ करोड बराबरको सहायता प्राप्त भइसकेको छ । जसमा रु २० र्अ ९१ करोड ८६ लाख ऋण र ६ अर्ब ३२ करोड ३५ लाख अनुदान रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया