यूएइले माग्यो  १ सय महिला सहित २ सय नेपाली कामदार

माघ ११, २०७७ | आजको अर्थ
ajaako_artha

यूएइको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ ।  यूएइको इमिरेट्स लेस्यूर रिटाएल अबुधाबी ( Emirats Leisure Detail, Abu Dhabi  )   कम्पनीले २००  जना नेपाली पूरुष  तथा महिला कामदारको माग गरेको हो ।  

कम्पनीले कुक जेनेरल (Cook General)पदका लागी ५० पुरुष, ५० महिला र वेटर (Waiter)पदका लागी ५० पुरुष , वेट्रेसका (waitress) लागी ५० महिला कामदारको माग गरेको छ । कुक जेनेरललाई  खान बस्न सहित ३९ हजार भन्दा माथी , र वेटर÷वेट्रेसलाई खान बस्न सहित ३९ हजार भन्दा माथी तलब रहेको छ । 


कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता  यही माघ १६  गते जब्स ग्लोबल इम्पोल्इमेन्टको ( Jobs Globel  Employement ) कार्यालय पानीपोखरी काठमाडौँमा  हुनेछ । कामदारको करार अवधि २ बर्षको रहेको छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८