जनगणनाका लागि सरकारले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सरकारले जनगणना २०७८का लागी ३९ हजार गणक र ८ हजार सुपरिवेक्षकको दरखास्त आह्वान गरेको हो ।
केन्द्रीय तथ्यांक विभागले आज (आईतबार) देखी अनलाइन दरखास्त फारम खुला गरेको हो । फारम केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र भर्न सकीने छ ।
सुपरिवेक्षक र गणक पदका लागि स्नातक तह वा सोसरह उत्तीर्ण हुनुपर्ने छ भने गणकको लागि प्लस २ सो सरह उत्तीर्ण हुनुपर्ने छ । तर भर्ना कुनै एक पदका लागि मात्र लिइने विभागको प्रकाशित सुचनामा उल्लेख छ ।
प्रतिक्रिया