सलमानको फिल्ममा प्रज्ञाको इन्ट्रि !

आइतबार, ११ माघ २०७७, १६ : ०९

बलीउड सुपरस्टार सलमान खान यतिखेर आफ्नो फिल्म ‘अंतिम द फाइनल ट्रूथ’को शुटिङ्मा ब्यस्त रहेका छन् ।  ‘अंतिम द फाइनल ट्रूथ’ सलमान र उनका बहिनी ज्वाई तथा अभिनेता आयुष शर्माले बनाउन लागेका हुन्।

भारतीय संचारमाध्यमका अनुसार फिल्ममा अभिनेत्रीको भुमिकाका लागि साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवालको इन्ट्री भएको छ । साउथ इन्डियन  चलचित्रमा राम्रो छाप  छोडेकि जयसवालले बलिउडमा डेब्यू गदैै छिन् । 

जयसवालले चलचित्रमा खानको प्रेमिकाको भूमिका निभाउन लागेको संचारमाध्यमले जनाएका छन् ।  चलचित्रको टिजर  सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

महेश मांजरेकरको निर्देशनमा बन्ने फिल्मलाई प्रवीण विठ्ठल तर्डेले लेखेका हुन् । फिल्ममा सलमान सँगै जिसु शेनगुप्ता,निकितीन  धीर लगायतको अभिनय रहेको छ । 
 

आइतबार, ११ माघ २०७७, १६ : ०९

प्रतिक्रिया