बलीउड सुपरस्टार सलमान खान यतिखेर आफ्नो फिल्म ‘अंतिम द फाइनल ट्रूथ’को शुटिङ्मा ब्यस्त रहेका छन् । ‘अंतिम द फाइनल ट्रूथ’ सलमान र उनका बहिनी ज्वाई तथा अभिनेता आयुष शर्माले बनाउन लागेका हुन्।
भारतीय संचारमाध्यमका अनुसार फिल्ममा अभिनेत्रीको भुमिकाका लागि साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवालको इन्ट्री भएको छ । साउथ इन्डियन चलचित्रमा राम्रो छाप छोडेकि जयसवालले बलिउडमा डेब्यू गदैै छिन् ।
जयसवालले चलचित्रमा खानको प्रेमिकाको भूमिका निभाउन लागेको संचारमाध्यमले जनाएका छन् । चलचित्रको टिजर सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।
महेश मांजरेकरको निर्देशनमा बन्ने फिल्मलाई प्रवीण विठ्ठल तर्डेले लेखेका हुन् । फिल्ममा सलमान सँगै जिसु शेनगुप्ता,निकितीन धीर लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया