धागो, अलैची र जुटको निर्यात बढ्यो

आइतबार, ११ माघ २०७७, १८ : २५

काठमाडौं - चालु आर्थिक बर्षको मंसिर महिनामा सेन्थेटिक यार्न (कृतिम धागो), अलैची र जुटका बुनिएका कपडाको निर्यात बढेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकले यस्तो देखाएको हो । 

तथ्याङक अनुसार चालु आर्थिक बर्षको कार्तिक महिनामा तेस्रो स्थानमा रहेको सेन्थेटिक यार्न दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै छैठौं स्थानमा रहेको अलैची चौथो स्थानमा उक्लिएको छ  भने नवौं स्थानमा रहेको जुटका बुनिएका कपडा आठौं स्थानमा उक्लिएको छ । 

तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको सेन्थेटिक यार्न चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कार्तिक महिना सम्मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

छैठौं स्थानबाट चौथो स्थानमा उक्लिएको अलैची चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । भने कार्तिक महिनामा २ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
 
त्यस्तै नवौं स्थानबाट आठौं स्थानमा उक्लिएको जुटका बुनिएका कपडा चालु आवको मंसिर महिना सम्ममा १ अर्ब २९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कार्तिक महिना सम्ममा ९४ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो । 

कोरोनाको जोखिम विस्तारै हट्दै गए संगै सम्पूर्ण आर्थिक व्यावसायिक गतिविधिहरु सञ्चान हुन थालेका कारण यी बस्तुहरुको निर्यात पनि अघिल्लो महिनाको तुलनामा बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

आइतबार, ११ माघ २०७७, १८ : २५

प्रतिक्रिया