एजेन्सी- भारतीय टेलिभिजनको सुपरहिट कार्यक्रम 'द कपिल शर्मा शो' बन्द हुन लागेको छ ।
तर शो पूरै बन्द हुन लागेको भने होइन् । यो सीजन मात्र अफ एयर हुन लागेको हो । यसको आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ ।
साथै यसको नयाँ सीजन ल्याउने तयारी पनि चलिरहेको छ । लकडाउन शुरू भएपछि केही समय शो बन्द भएको थियो तर पछि दर्शक नराखिकन शोलाई निरन्तरता दिइयो ।
त्यसो हुँदा पनि शोको लोकप्रियता कम भने भएको छैन । प्रशंसकहरूले शोलाई धेरै माया साथ दिइरकेका छन् ।
कपिल शर्माले वेब सिरीज खेल्ने भएकाले पनि सीजन अन्त्य गर्न लागिएको समाचारहरू पनि आएका छन् । नेटफ्लिक्समार्फत कपिल शर्मा डिजिटल डेब्यू गर्न लागिरहेका छन् ।
उनले यसको घोषणा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत गरेका छन् ।
प्रतिक्रिया