कन्नड अभिनेत्री जयश्री झुन्डिएको अवस्थामा फेला

सोमबार, १२ माघ २०७७, १७ : ०८

एजेन्सी- कन्नड अभिनेत्री एवं ‘बिग बोस कन्नड’ प्रतियोगी जयश्री रमैयाको शंकास्पद निधन भएको छ ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार बेङ्गलुरुस्थित आफ्नै घरमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको हो।

उनले आत्महत्या गरेको भन्ने कुरा पुष्टि भने हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ। खबर अनुसार उनी लामो समयदेखि डिप्रेसनमा थिइन् ।

उनले गत वर्ष सामाजिक सन्जालमा आफू डिप्रेसनमा रहेको र संसार छोड्न चाहेको लेखेपछि एकाएक चर्चामा आएकी थिइन् ।
 

सोमबार, १२ माघ २०७७, १७ : ०८

प्रतिक्रिया