काठमाडौं- सन् २०१७ मा रिलिज फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ को चार वर्षपछि राजामौली ‘आरआरआर’ लिएर आउँदैछन् । , ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज मिति सार्वजनिक गरिएको छ ।
फिल्म ‘आरआरआर’ यही वर्षको अक्टोबर १३ (असोज २७) मा प्रदर्शन हुन लागेको छ ।
कोरोना भाइरसले सेड्युल यताउति पार्नु अघि यो फिल्म जनवरी ८ मा रिलिज हुने चर्चा थियो । तर, कोरोना भाइरसका कारण सुटिङ रोकिएपछि यो फिल्मको रिलिज पनि प्रभावित भएको हो ।
फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । राजामौलीको निर्देशन रहेको ‘बाहुबली’का दुई सिरिजले देशविदेश गरी हजार करोड कमाइ गरेको थियो । यो फिल्मको पनि बजेट ३ सय करोड हाराहारी रहेको छ ।
‘आरआरआर’ एक पीरियड फिल्म हो । जसको पृष्ठभूमि ब्रिटिस शासनको समयमा स्थापित गरिएको छ । फिल्मको कथा केन्द्रमा रहेको दुई स्वतन्त्रत सेनानी राम चरण र एनटीआर जुनियर वरिपरि घुम्नेछ ।
‘आरआरआर’ दसैँमा रिलिज हुँदा यसको सबैभन्दा ठूलो प्रभाव नेपाली फिल्म उद्योगमा पर्नेछ । सबैभन्दा लामो बिदा हुने यो समयमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलै हानाथाप हुने गरेको छ । सुटिङ सकेका फिल्म देखि सुटिङमा जाने सुरसार गरिरहेका फिल्मले पनि दसैँमा रिलिज गर्ने चाँजोपाँजो मिलाइरहेका छन् ।
प्रतिक्रिया