सलमान र जोनको प्रतिस्पर्धा ईदमा !

मंगलबार, १३ माघ २०७७, १६ : २४

बलीउडमा लामो समय पछी फिल्म रिलिज मिती सार्वजनिक हुन थालेका छन् । कोरोना माहामारीका कारण थलीएका फिल्म हल हरु खुल्न थाले सँगै फिल्म रिलिज मिती जुध्न थालेका छन् । अभिनेता सलमानले केही दिन अघि आफ्नो फिल्म 'राधे:योर मस्ट वान्टेड भाई'  ईदमा  रिलिज हुने घोषणा गरेका थिए यता अभिनेता जोन अब्राहमले सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म ‘सत्यमेव जयते २’ लाई पनि ईद २०२१ मा रिलिज गर्ने घोषणा गरेका छन् ।  

सलमानले राधे फिल्म रिलिजमा थिएटर सञ्चालकले स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने शर्त राखेका थिए ।यता एकैदिन सलमान र जोनको फिल्म रिलिज हुनेभएपछि थिएटर सञ्चालकहरु खुशी छन् । दुवै फिल्म आम दर्शकका लागि भनेर बनाइएकाले फिल्मले बम्पर ओपनिङ गर्नेमा थिएटर सञ्चालक ढुक्क छन् ।

जोनको यो घोषणासँगै २०२१ को ईदमा सलमान खानको फिल्म ‘राधे’ र जोनको ‘सत्यमेव जयते २’बीच तिब्र प्रतिष्पर्धा हुने पक्कापक्की भएको छ ।
 

मंगलबार, १३ माघ २०७७, १६ : २४

प्रतिक्रिया