कतारको एक कम्पनीले ४०० जना नेपाली कामदारको माग गरेको छ । कतारको दोहा स्थित अल जेवर पार्टनर्स फर कन्ट्रक्सनले ( Al Jaber Partnres For Consstruction) बिभिन्न पदमा ४०० पुरुष कामदारको माग गरेको हो ।
कम्पनीले लेबर (labour ) पदका लागि ३२५ ब्लाकस्मिथ (blacksmith) २० जना कार्पेन्टर ( carpenter) २० जना र मेसनका (mason) लागी ३० जना कामदारको माग गरेको हो । जस्को तलब खान बस्न सहित न्यूनतम ४१ हजार देखि ४७ हजार सम्म रहेको छ । कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता मोविरा रिक्रयूमेन्टको कार्यलय बुढानिलकण्ठ हात्तिगैडामा यही माघ २० गते हुनेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया