यी हुन कमाइ जस्तै खर्च पनि गर्ने अभिनेता

बुधबार, १४ माघ २०७७, ११ : ३२

काठमाडौं - सेलिब्रेटीहरू जति धेरै कमाई गर्छन् त्यति नै खर्च पनि गरिरहेका हुन्छन् । यस्तै कमाइ धेरै गरेबापत खर्च पनि धेरै गर्ने सेलिब्रेटीमा चर्चित अभिनेता प्रभाष पनि पर्दछन् । उनी  ‘लार्जर देन लाइफ’ जिन्दगी बिताउँछन् । उनी वर्षमा जति कमाई गर्छन्, त्यसकै अनुपातमा खर्च पनि गर्छन् ।

प्रभाष तेलुगू फिल्म उद्योगको महँगा अभिनेतामध्ये एक हुन् । उनी कमाईसँगै खर्च पनि राम्रै गर्छन् । हैदराबादमा उनको करिब ६० करोड मूल्य बराबरको फार्म हाउस छ । यो फार्म हाउस जुबली हिल्समा छ । जहाँ बगैंचा, खेल मैदान, जिम र स्विमिङ पुलसहित विलासी सुविधा पनि उपलब्ध रहेको छ ।

फिल्म ‘बाहुबली’ गर्नका लागि प्रभाषलाई २० किलो भन्दा बढी तौल बढाउनुपर्ने थियो । त्यसका लागि उनले घरमा नै करिब डेढ करोड खर्च गरेर जिमको सेटअप गराए । फिल्म ‘बाहुबली’ अघि प्रभाषको तौल ८२ किलो थियो र केही महिनामा त्यो तौल बढाएर उनले १ सय २ पु¥याए । त्यसका लागि उनले घरमै जिमसँगै डाइट पनि गरेका थिए ।

प्रभाषले सन् २०१९ मा कुल ३५ करोड कमाएका थिए । उनको कमाईको यो आँकडा फोब्र्स पत्रिकाद्वारा जारी गरिएको हो । पत्रिकाका अनुसार सन् २०१९ मा सर्वाधिक कमाएका सय सेलिब्रेटीको सूचीमा प्रभाष ४४ औं नम्बरमा थिए । यही वर्षमा प्रभाष अभिनीत फिल्म ‘साहो’ रिलिज भएको थियो । फिल्मको ओपनिङ बम्पर थियो । पहिलो दिन नै फिल्मले १ सय ३० करोडको कमाई गरेको थियो । यही फिल्मपछि फोर्ब्सले सूची जारी गरेको हो ।

बुधबार, १४ माघ २०७७, ११ : ३२

प्रतिक्रिया