बिन्दवासिनी म्युजिक प्रा लिकी अध्यक्ष लिना रेग्मी धरौटीमा रिहा

बुधबार, १४ माघ २०७७, १२ : ५६

बिन्दवासिनी म्युजिक प्रा लिकी अध्यक्ष लिना शर्मा रेग्मी  धरौटीमा रिहा भएकी छन् । काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख ७७ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले गत पुस २७ गते पक्राउ पक्राउ गरेको थियो ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरुले  प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएपछि प्रहरीले सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरेको थियो ।

बुधबार, १४ माघ २०७७, १२ : ५६

प्रतिक्रिया