कार्तिकको ‘धमाका’ ८५ करोडमा बिक्री

बुधबार, १४ माघ २०७७, १४ : ००

एजेन्सी - बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत चलचित्र ‘धमाका’ डिजिटल प्लेटफर्म नेट्फ्ल्क्सिमा रिलिज हुने भएको छ ।

‘धमाका’ का निर्माताले यो चलचित्र नेटफ्ल्क्सिलाई ८५ करोडमा बेचेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

केही दिनभित्रै ओटीटी र निर्माताहरुबीच फाइनल पेपरवर्क हुने र जुन महिनामा चलचित्र रिलिज गर्ने योजना रहेको पनि बताइएको छ । 

कोरोना कालमा १० दिनभित्र छायांकन सकिएर रेकर्ड बनाएको यो चलचित्र नेट्फ्ल्क्सिमा महँगो रकममा सम्झौता गरेको कारण फेरी चर्चामा आएको छ ।  

यस चलचित्रमा कार्तिक सँगै अभिनेत्री मृणाल ठाकुर पनि देखिने छिन् । चलचित्रको निर्देशन माधवानीले गरेका हुन् । 

बुधबार, १४ माघ २०७७, १४ : ००

प्रतिक्रिया