बहराइनले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ । बहराइनको अल मनारीटाइन कम्पनी एण्ड अली अल शाहव ग्रुप कम्पनीले विभिन्न २१ वटा पदका लागि १३० जना नेपाली कामदारको माग गरेको हो ।
जस्को तलब खान बस्न सहित न्यूनतम ३० हजार देखि १ लाख ६९ हजार सम्म रहेको छ । कामदारले हप्तामा ६ दिन र दैनीक ८ घण्टा काम गर्नु पर्ने छ ।
अन्तरर्वार्ता नाइस रिक्रुडिङ्ग एजेन्सी मेनपावरको कार्यालय सामाखुसीमा यही माघ २१ गते हुनेछ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया