कन्नड सुपरस्टार यशको ‘केजीएफ २’ फिल्मको हिन्दी राइट एक्सेल इन्टरटेनमेन्टले किनेको छ । फरहान अख्तर र रितेश सिधवानीको प्रोडक्सन हाउस एक्सेल इन्टरटेनमेन्टले ९० करोड बढी रुपैंयाँमा किनेको भारतिय सचारमाध्यमले जनाएका छन् ।
यस अघि ‘केजीएफ’को कपीराइट लाई पनी एक्सेल इन्टरटेनमेन्टले नै किनेको थियो । सन् २०१८ मा रिलिज ‘केजीएफ’ले लगानी भन्दा ३५ भन्दा गुणा बढी कलेक्सन गरेको थियो ।
‘केजीएफ’ ८० करोड बजेटमा निर्माण भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ५० करोड रुपैंयाँको कलेक्सन गरेको थियो । यो फिल्म सर्वाधिक कमाई गर्ने पहिलो कन्नड फिल्म बनेको थियो । यो चलचित्रको निर्देशन प्रशान्त नीलले गरेका हुन् । चलचित्रमा विजय किरागन्दुरको लगानी छ । चलचित्रमा नायक संजय दत्त अधिराको भूमिकामा देखिएका छन् । चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।
प्रतिक्रिया