अमेजनले गर्यो  ‘मास्टर’ को प्रिमियर मिति घोषणा

विहीबार, १५ माघ २०७७, १६ : ०४

अमेजन प्राइम भिडियोले  एक्सन थ्रिलर फिल्म ‘मास्टर’ को प्रिमियर मिति घोषणा गरेको  छ ।  प्रतिक्षित तमिल फिल्म ‘मास्टर’ २९ जनवरीमा अमेजनमा  रिलिज हुने भएको  हो । फिल्ममा थलपति विजय, विजय सेतुपतिकोको मुख्य भूमिका रहेको छ । 

 ‘मास्टर’ले प्रदर्शनको पहिलो हप्तामै बक्स अफिसमा १ सय ८८  करोड व्यापार गरेको थियो । कोरोना माहामारीका बेला पनी  ‘मास्टर’ले आक्रमक ब्यापार गरेको थियो । लोकेश कनागराजको निर्देशनमा बनेको फिल्ममा थालापती विजय र विजय सेतुपतिको मुख्य अभिनय रहेको छ ।दुई विजयको अलवा फिल्ममा मालविका मोहनन, एन्ड्रिया जेरेमिया, शान्तनु भाग्यराज, अर्जुन दास लगायतको  समेत अभिनय देख्न सकिन्छ । 

 अमेजनमा भारतको अलवा २४० देशबाट प्राइम मार्फत फिल्म हेर्न सकिनेछ । 

विहीबार, १५ माघ २०७७, १६ : ०४

प्रतिक्रिया