मिताली राजको जीवनीमा आधारित  फिल्म 'शाबास मिट्ठू'मा ताप्सी पन्नु !

विहीबार, १५ माघ २०७७, १७ : ३३

मिताली राजको जीवनीमा आधारित  फिल्ममा ताप्सी पन्नुलाई देख्न पाईने भएको छ । भारतीय महिला क्रिकेट टिमको क्याप्टेन मिताली राजको जीवनीमा आधारित फिल्म शाबास मिट्ठूमा अभिनेत्री ताप्सी लिड रोलमा देखीने भएकी हुन् । 

तापसी पन्नुले सामाजिक संजालमा एउटा तस्वीर सार्वजनिक गरेकी गर्दै आफु यस फिल्ममा काम गर्न लागेको जानकार दिएकी छिन् ।

तस्वीरको क्याप्सनमा उनले लेखेकी छिन्, 'अब मैले बल र ब्याटसंग रोमान्स गर्न शुरु गरेकी छु, बाटो निकै लामो छ' तर शुरुवात राम्रो भएको छ र लगभग आधा काम भइसकेको छ । यो कथा एउटा महिला क्रिकेट टिमको क्याप्टेन मिताली र उनको सबै टिमको लागि हुनेछ ।

तापसीले शाबास मिट्ठूको  लागि क्रिकेटको प्रशिक्षण शुरु गरेकी छिन् । तर उनले भनिन्, 'म यस खेलको केवल शोखको रुपमा लिएकी थिए कहिले खेलको थिइन त्यसैले यो मेरो लागि ठुलो चुनौतीको रुपमा रहेको छ । तर म पुरै प्रयास गर्नेछु, मलाई थोरै दवाव अनुभव भइरहेको छ तर यो सामान्य चिज हो ।'उनले कोच नूशिन अल खदीरबाट प्रशिक्षण लिइरहेकी छिन् । तर चलचित्रको छायांकन अझै बाकी छ ।
 

विहीबार, १५ माघ २०७७, १७ : ३३

प्रतिक्रिया