बलिउड नायक रणवीर सिंहले आफ्नो पारिश्रमिक बढाएका छन् । भारतिय सञ्चार माध्यमका अनुसार रणवीरले चलचित्र ‘सर्कस’ को लागि ५० करोड पारिश्रमिक लिएका छन् ।
आफ्ना अघिल्ला चलचित्रहरु बक्स अफिसमा सफल भएपछि रणवीरले पारिश्रमिक बढाएका हुन् । अहिले उनी यहि चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरिरहेका छन् । चलचित्र ‘सिम्बा’पछि रोहित र रणवीरको यो दोश्रो सहकार्य हो ।
यो चलचित्रका लागि रणवीरले ७५ दिनको समय दिनेछन् । यसरी हेर्दा, उनले दैनिक ६६ लाख रुपैयाँ यो चलचित्रबाट वुझेका छन् ।
चलचित्रको अधिकांश दृश्यको छायांकन सेटमै हुने बताइएको छ । यो चलचित्रमा रणवीरको दोहोरो भूमिका रहने छ ।
साथै चलचित्रमा नायिका ज्याकलिन फर्नान्डेज संगै पूजा हेग्डेलाई पनि देख्न सकिन्मछ ।
प्रतिक्रिया