केही दिन यता भारतिय चर्चीत शो द कपिल शर्मा शो बन्द हुने हल्ला चलिरहेका बेला कपिलले शो बन्द गर्नुको कारण आफै खुलाएका छन् । कपिल र उनकी श्रीमती गिन्नी चाँडै नै दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकोले शो बन्द हुने खुलासा कपिल शर्मा आफैंले गरेका हुन् । ट्वीटरमा गरिएको प्रश्नोत्तर सेसनमा उनले कपिल शर्मा शो बन्द हुन लागेको पुष्टि गरेका छन् ।
ट्वीटरमा थुप्रै प्रशंसकले का बेला हास्यकलाकारलाई विभिन्न प्रश्न सोधे र कपिलले यसको जवाफ पनि दिए । एक प्रशंसकले सोधे, ‘कपिल शर्मा सर, शो अफ एयर किन हुँदैछ रु’ यसको जवाफमा कपिल शर्माले भने, ‘किनभने म दोस्रो सन्तानको आगमनका बेला आफ्नी श्रीमतीसँग हुनुपर्नेछ ।’
त्यसपछि अर्का एक प्रशंसकले कपिललाई छोरा चाहन्छन् कि छोरी भनेर प्रश्न सोधे । प्रशंसकले सोधे, ‘तपाईं अनायराका लागि के चाहनुहुन्छ, भाइ कि बहिनी रु’ यसमा कपिलले लेखे, ‘छोरा हुन् कि छोरी, तन्दरुस्त भए पुग्छ ।’
केही दिन अघि कपिल शर्माको कमेडी शो बन्द हुन लागेको खबर आएको थियो । यद्यपि, च्यानलको तर्फबाट यसबारे कुनै पुष्टि गरिएको थिएन । कपिल शर्माको शो चाँडै नै बन्द हुने र केही समय पछि यो नयाँ सिजनका साथ आउने जानकारीमा उल्लेख छ । कोरोनाका कारण फिल्म हरु खासै नबनेको र गेष्ट फिल्म प्रोमोसनका लागी नआएकाले शो बन्द गर्न लागीएको केही संचारमाध्यम हरुले बताउदै आएका थिए ।
प्रतिक्रिया