बहराइनले माग्यो ठुलो संख्यामा नेपाली कामदार

शुक्रबार, १६ माघ २०७७, १३ : २८

बहराइनले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ । बहराइनको एरिना कन्ट्रयाक्टर ग्रुप को एसपीसी कम्पनीले १५० नेपाली पुरुष कामदारको माग गरेको छ । कम्पनीले जेनेरल वर्करका लागि कामदारको माग गरेको हो । 

जस्को तलब खान बस्न सहित ३१ हजार भन्दा बढि नेपााली रुपैया हुनेछ । कामदारले हप्तामा ६ दिन र  दैनीक ८ घण्टा काम गर्नु पर्ने छ ।  
अन्तरवार्ता त्रिवेणी एच आर सोलुसनको कार्यालय सामाखुसीमा यही माघ २२ गते हुनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 
 

शुक्रबार, १६ माघ २०७७, १३ : २८

प्रतिक्रिया