बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेतामा पर्छन् अक्षय कुमार । अक्षयले पुनः आफ्नो पारिश्रमिक बढाएका छन् । हरेक फिल्ममा १ सय २० करोड पारिश्रमिक लिने अक्षयले हालसालै १५ करोड पारिश्रमिक बढाएका छन् । अब उनको पारिश्रमिक १ सय ३५ करोड भएको छ । अक्षय जोडिएका प्रायः सबै फिल्म हिट भएपछि उनले पारिश्रमिक बढाएका हुन् ।
अक्षयको नामसँग जोडिएको फिल्महरु कमै मात्र फ्लप भएको बलिउडका निर्देशकहरु बताउछन् । सन् २०२१ मा अक्षयका कैयौं फिल्म रिलिजको तयारीमा छन् ।यो वर्ष उनको ‘सूर्यवंशी’, ‘राम सेतू’, ‘रक्षा–बंधन’, ‘बेल बटन’, ‘पृथवीराज चौहान’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’ लगायतका फिल्म रिलिज हुँदैछन् ।
अक्षय बलिउडका एक्ला अभिनेता हुन्, जसको नाम सन् २०२० को फोब्र्स सूचीमा परेको थियो ।
प्रतिक्रिया