नायिका पामेलाले गरिन् ५३ वर्षको उमेरमा छैठौँ विवाह

शुक्रबार, १६ माघ २०७७, १५ : ०३

हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले ५३ वर्षको उमेरमा छैठौँ विवाह गरेकी छन् । डेली मेलका अनुसार उनले छैठौँ विवाह आफ्ना अंगरक्षक ड्यान हेहस्र्टसँग गरेकी हुन् । 

उनले डेलि मेललाई भनिन्, मैले मेरो हजुरबुबा र हजुरआमाले २५ वर्ष पहिले खरिद गरेको ठाउँमा नै विवाह गरेकी हुँ । यसै ठाउँमा मेरो बुबा र आमाले पनि विवाह गरेका थिए । उनले ड्यान हेबस्र्टसँग कोरोनाभाइरसका कारण भएको लकडाउनको समयमा प्रेमसम्बन्ध अगाडि बढेको जानकारी दिइन् । 

उनी भारतीय टेलिभिजन सो बिग बोसको चौँथो सिजनमा समेत देखिएकी थिइन् । बारम्बार विवाह गरेर चर्चामा आइरहने यी अभिनेत्रीले अघिल्लो वर्ष क्रिसमस इभमा हेबस्र्टसँग विवाह गरेकी थिइन् । 

यस्तै उनले हलिउडका प्रोड्युसर जोन पीटर्ससँग विवाह गरेकी थिइन् । पामेला र जोनको विवाह १२ दिन मात्रै चलेको थियो । उनले यसअघि रोकर्स टमी, किड रक र दुई पटक प्रोफेशनल पोकर रिक सालोमनसँग विवाह गरेकी थिइन् ।
 

शुक्रबार, १६ माघ २०७७, १५ : ०३

प्रतिक्रिया