प्रभाषको ‘सलार’मा श्रुतीको ईन्ट्री

शुक्रबार, १६ माघ २०७७, १६ : १५

तेलेगु सुपरस्टार प्रभाष र अभिनेत्री श्रुती हसनलाई एउटै फिल्ममा देख्न पाईने भएको छ ।  प्रभाषको फिल्म ‘सलार’मा श्रुती हसनको ईन्ट्री भए संगै पहिलो पटक एउटै फिल्ममा देख्न पाईने भएको हो । 

श्रुती सँग  ‘सलार’मा काम गर्न लागेको कुरा  प्रभाष  आफैले  ईन्टाग्राममा एक पोष्ट सेयर गर्दै बताएका हुन् । श्रुती लाई जन्मदिनको शुभकामना दिदै प्रभाषले सँगै काम गर्न पाउने इच्छा पूरा भएको बताएका छन् ।

हिजो श्रुतीको ३५ औँ जन्मदिनको अवसरमा सलारका मेकर्सले यो घोषणा गरेका हुन् । केजीएफ फिल्मका निर्देशक प्रशान्त नीलले  निर्देशन गरेको यस फिल्मको सुटिङ केही दिनअघि शुरु भइसकेको छ । फिल्मको सुटिङ अहिले हैदाराबादमा भइरहेको छ । 

शुक्रबार, १६ माघ २०७७, १६ : १५

प्रतिक्रिया