एजेन्सी - बलिउड नायिका कंगना रनौत इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी छन्। उनी नयाँ फिल्ममा मार्फत गान्धीको रुपमा देखिने भएकी हुन् ।
उनले सामाजिक सञ्जालमा तस्विर सेयर गर्दै यसबारे जानकारी दिएकी छन्। यो एक पोल्टिकल पीरियड ड्रामा मूभी हुने बताइएको छ ।
इन्दिरा गान्धी गणतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी हुन्। इन्दिरा १४ जनवरी १९८० मा गणतन्त्र भारतको तेस्रो तथा पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन्।
यस अघि कंगनाले जयललिताको भुमिका पनि निभाएकी थिइन् । अब उनलाई इन्दिरा गान्धीको भूमिकामा देखिने भएको हो ।
प्रतिक्रिया