अन्डरवल्र्ड दाउद इब्राहिमको जीवनमा आधारित भएर दुई वटा वेभ सीरिज बन्ने भएको छ । जसमा एउटा सीरिजमा अभिनेता फरहान अख्तरले इब्राहिमको जीवनमा आधारित फिल्म सीरिज बनाउने भएका छन् । जुन एस हुसैन जैदीको डोंगरी टु दुबई मा आधारित छ ।
यस्तै दोस्रो राम गोपाल वर्माले बनाउँदै छन् । जसमा अन्डरवल्र्ड इब्राहिममाथि आधारित छ । उनको वेभ सीरिज उनकै आफ्नो रिसर्चमा आधारित हुनेछ ।
फरहानको वेभ सीरिजको शुटिगं लकडाउनभन्दा पहिले सुरु भएको थियो । यद्यपि, अहिले यसको छायाकंनको विषयमा केही खबर बाहिर आएको छैन ।
फरहानको वेभ सीरिजको बारेमा कुरा गर्दै वर्माले उनले बनाउन लागेको वेभ सीरिजको बारेमा थाहा नभएको तर डोंगरी टु दुबई भन्ने किताब पढेको बताए ।
प्रतिक्रिया