बलिउडकी अभिनेत्री (बेबो) करीना कपूर चर्चामा आई रहन्छिन् । गर्भवती भएको कुराले पछिल्लो सपय चर्चा कमाईरहेकी करीना विभिन्न समयमा हुने अन्तरवार्तामा आफ्ना जीवनका रमाइलो पलहरु सेयर गर्ने गर्छिन् ।
यसैबीच, उनले आफ्नो पहिलो प्रेमसम्बन्धको बारेमा खुलासा गरेकी छिन् । उनले आफू १५ वर्षको उमेरमा नै प्रेममा परेको बताएकी छिन् ।
उनले आफू बालापनमा निकै चन्चल भएको बताउँदै चन्चल भएको कारण आमाको गाली धेरै खाएको समेत खुलाइन् । उनले आफूले गरेका व्यवहारका कारण आमाले उनीमाथि घेराबन्दी लगाएको समेत बताइन् ।
करीनाका अनुसार उनी दिदी करिश्मा कपूर उनीभन्दा ठूली भएकाले उनलाई घरबाट बाहिर खुलेआम हिँड्ने अनुमति थियो । उनले १४ १५ सालको उमेरमा उनलाई एक युवक निकै मन पर्यो । करीनाले उक्त युवकसँग कुराकानी गर्नका लागि आफ्नो कोठामा फोन लुकाएकी थिइन् । उनको यस व्यवहारका कारण उनकी आमा बबीता कपूर निकै रिसाइन् ।
करीनाका हर्कतका कारण उनकी आमाले उनलाई बोर्डिंग स्कुलमा भर्ना गरिदिइन् । जसका कारण उनी स्कुलमा कडा नियमकाबीच पढाई सुरु गरिन् ।
प्रतिक्रिया