साउथ स्टारर यश अभिनित बहुप्रतिक्षित फिल्म केजीएफ च्याप्टर २ को रिलीज मिति सार्वजनिक भएको छ ।निर्माण टिमका अनुसार फिल्म १६ जुलाई २०२१ मा रिलीज हुने भएको हो।
केजीएफ च्याप्टर-२’ निर्माण देखीनै चर्चामा रहेको थियो । गत ७ जनवरीमा रिलिज भएको टीजरले त चर्चा मात्र नभई रेकर्ड नै तोड्यो । केजीएफ च्याप्टर-२ टीजरले यूटुममा सबै भन्दा छोटो समयमा १० लाख लाइक कमाउन सफल बनेको थियो । सन् २०१८ मा सर्वाधिक कमाई गर्न सफल चलचित्र रहेको थियो केजीएफ । साउथ स्टार यश अभिनित चलचित्र केजीएफ ले धेरैको मन जीतेको थियो ।
प्रशान्त नीलको निर्देशनमा बनेको चलचित्रलाई विजय किरागन्दुरले निर्माण गरेका हुन् । चलचित्रमा यशका अलवा सन्जय दत्त , रविना टंडन लगायतको समेत अभिनय रहेको छ । सन्जय दत्तलाई भिलेनको रुपमा देख्न सकिने छ । चलचित्र तेलेगु , तामिल, कन्नड, हिन्दी, मलायम भाषामा रिलीज हुनेछ ।
प्रतिक्रिया