बलिउड अभिनेता अक्षय कुमारको फिल्म बच्चन पाण्डे टीम बिरुद्ध मुद्धा दर्ता भएको छ । कोरोना नियमको उल्लंघन गरेको अभियागमा बच्चन पाण्डे टीम माथी मुद्धा दर्ता भएको हो । अक्षयको बच्चन पाण्डे टीम यतिखेर शुटिङ्को क्रममा रहेको छ । शुटिङ्को बेला सेटमा १०० भन्दा धेरै मानिस रहेको र यो कोरोना नियम भन्दा बाहिर रहेको केसमा उल्लेख छ ।
जैसलमेरमा टीमविरुद्ध मुद्धा दर्ता भएको हो । त्यहाँको भास्कर मोहल्लामा बस्ने आदित्य शर्मा नामका एक व्यक्तिले उनीहरुविरुद्ध केस दर्ता गराएका हुन् ।
साजिद नादियाडवालाको निर्माण रहेको फिल्ममा फरहाद शामजीको निर्देशन रहने छ । फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको पनि अभिनय रहनेछ । बच्चन पाण्डे २०२२ को जनवरी २६ मा रिलीज हुने छ ।
प्रतिक्रिया