रोमानियाको एक कम्पनिले ठुलो संख्यामा नेपालीकामदारको माग गरेको छ । रोमानियाको जि एण्ड जि रिक्यूमेन्ट एसआरएल कम्पनिले १२० जना नेपाली पुरुष कामदारको माग गरेको हो । कम्पनिले ११ पदका लागी १२० कामदारको माग गरेको हो । जस्को तलब खान बस्न सहित ६४ हजार भन्दा माथी नेपाली रुपैया हुनेछ ।
कामदारको हकमा कम्तीमा एसएलसी पास गरेको र अंग्रेजी भाषा शुद्ध लेख्न पढ्न बोल्न सक्ने हुनुपनर्नेछ । अन्तरबार्ता बाजेको सेकुवा पोखरामा यही माघ २१ गते हुनेछ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
जान चाहाने ईच्छुकले शल्मानी ओभरसिज प्रालीको कार्यालय कोटेश्वरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया