युटुबको ट्रेन्डिङ नम्बर १ मा चलचित्र ‘आमा’

सोमबार, १९ माघ २०७७, ११ : ५५

काठमाडौं- गतबर्षको फागुन ९ गते रिलिज भएको चलचित्र ‘आमा’  युटुबमा सार्वजनिक भएको ३ तीनमा १६ लाख भन्दा बढीले हरेका छन् । चलचित्र नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारको अभिनय छ ।

५३ हजार भन्दा बढी दर्शकले चलचित्रलाई लाइक गरेका छन् । ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

सोमबार, १९ माघ २०७७, ११ : ५५

प्रतिक्रिया