काठमाडौं- निर्देशक करण जोहरको निर्देशनमा बन्न लागेको एक चलचित्रमा आलिया भट्ट र रणवीर सिहंले फेरी एकसाथ काम गर्ने भएका छन् ।
भारतीय मिडियाका अनुसार, करण जोहर अहिले चलचित्रको कथामा व्यस्त छन् । करणले निर्देशन गरेको पछिल्लो चलचित्र ‘ए दिल हे मुश्किल’ हो । रणवीर सिंहले भने करणको निर्देशनमा पहिलो पटक काम गर्दैछन् । आलियाले आफ्नो डेब्यू नै करणको निर्देशनमा बनेको चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट गरेकी थिइन् ।
करणको निर्देशनमा रणवीर र आलियाले चलचित्र ‘तख्त’मा पनि काम गर्ने चर्चा थियो । तर, यो चलचित्र निर्माण पछि धकेलिएको छ ।
प्रतिक्रिया