काठमाडौं - कतारले नेपाली कामदारको माग गरेको छ । कतारको एलाइट हस्पिटालिटी एण्ड क्लियरिङ सर्भिस कम्पनीले २५ नेपाली पुरुष र ४ महिला कामदारको माग गरेको हो।
कम्पनीले क्लिन वर्करमा २२ जना पुरुष र लेबर सर्भिसमा ३ जना पुरुष साथै क्लिन वर्करमा २ जना महिला र ग्राउन्ड स्ट्रेवेटमा २ जना महिला गरि जम्मा २९ नेपाली कामदारको माग गरेको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।
जसको तलब खान बस्न सहित २८ हजार भन्दा बढि नेपाली रुपैयाँ हुनेछ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
अन्तरवार्ता मोबिरा रिक्रुटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा लि को कार्यालय बुढानीलकण्ठ ६ हात्तीगौँडा चक्रपथ काठमाडौंमा यही माघ २६ गते हुने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया