रणवीर र आलियाको विवाह नहुने

सोमबार, १९ माघ २०७७, १४ : ०६

एजेन्सी - बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह चाडै हुने अनुमान गरिएको थियो । सन् २०२१ मा उनीहरूको विवाह हुने भनेर समाचारहरू पनि सार्वजनिक भएको थियो । 

तर ताजा रिपोर्ट अनुसार उनीहरु तत्काल विवाह गर्ने मनस्थितिमा नरहेको बताइएको छ। उनीहरूले अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहेको बताइएको छ। 

आलियाको रणवीरकी आमा नीतू कपूरसँग राम्रो बोर्डिङ छ । त्यहीकारण पनि नीतू तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा नरहेको बताइएको छ ।  

आलिया र रणवीर सन् २०१८ देखि अफेयरमा छन् । आलिया प्राय रणवीरको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहन्छिन् । हालैमात्र उनीहरूले यो जोडीले राजस्थानमा नयाँ वर्ष मनाएको थियो । 

रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।


 

सोमबार, १९ माघ २०७७, १४ : ०६

प्रतिक्रिया