कुवेतले माग्यो भारी संख्यामा नेपाली महिला कामदार, तलब कति ?

सोमबार, १९ माघ २०७७, १६ : ४१

काठमाडौं - कुवेतले भारि संख्यामा नेपाली महिला कामदारको माग गरेको छ । कुवेतको दाना एण्ड ब्रेकरी ट्रेडिङ कम्पनीले १५० महिला कामदारको माग गरेको छ । कम्पनीले क्लिनर कामदारको माग गरेको हो। 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । जसको तलब खान बस्न सहित २८ हजार भन्दा बढि नेपाली रुपैयाँ हुनेछ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।   

अन्तरवार्ता दिप ज्योति मेनपावर सर्भिस प्रा लि को  कार्यालय सिनामंगल काठमाडौंमा यही माघ २६ गते देखि फागुन १० गते सम्म हुने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ । 

साथै  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 

सोमबार, १९ माघ २०७७, १६ : ४१

प्रतिक्रिया